चर्को खडेरीले मकैको बोट सुक्यो, ६० प्रतिशतसम्म उत्पादन घट्न सक्ने

शेयर गरौ

दमौली, जेठ २५

यसवर्ष चर्को खडेरीले मकैक‍ो बोट सुक्न थालेको छ । लगातारको खडेरीले जिल्लाका विभिन्न भागमा लगाईएको मकैमा ठुलो असर परेको छ ।

प्रमुख खाद्य बालीको रुपमा रहेको मकैलाई खडेरीले असर गरेपछि यसवर्ष मकैको उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका प्राय सबै भागमा चर्को घाम र  खडेरीले मकैमा ठुलो असर गरेको बताए । खडेरीका कारण यसवर्ष मकै उत्पादनमा ६० प्रतिशतसम्म कमी आउने प्रमुख तिवारीले अनुमान गरेका छन् ।

सिंचाइको कमीका कारणले पनि खडेरीबाट मकैलाई जोगाउन निसकिएको कृषकहरुको भनाई छ । स्थानीय तहले खडेरीको असरको मुल्यांकन गरि पीडित कृषकहरुलाई राहत दिनुपर्ने माग सरोकारवालाहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री