बन्दीपुरमा युवाहरुको नमूना गाउँसभा अभ्यास शुरू

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ २५

बन्दीपुर गाउँपालिकाको आयोजनामा युवाहरुकोलागि नमुना गाउँसभा अभ्यास बुधबार सुरु भएको छ । बन्दीपुर गाउँपालिकाका ६ वटै वडाबाट छनोट भई आएका १६ देखी २४ वर्षका २३ जना युवाहरूको नेतृत्व विकासका लागि आयोजना गरिएको यस कार्यक्रमको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष थापाले युवाको नेतृत्व र व्यक्तित्व विकास गरी हरेक क्षेत्रमा अघि बढ्न यस कार्यक्रम कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । बन्दिपुर युवा तथा खेलकुद समितिका संयोजक रवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बन्दीपुरका गाउँपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले आमन्त्रित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

चार दिनसम्म चल्ने सो कार्यक्रममा युवा अभियन्ता विवेक त्रिपाठी, भानु नगरपालिकाका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले युवाहरुसँग गाउँसभा अभ्यास सम्बन्धी सैद्धान्तिक सत्र र व्यवहारिक अभ्यासको बारेमा सहजिकरण गर्नेछन् । उक्त कार्यक्रमको सन्चालन बन्दीपुर गाउँपालिकाका शिक्षा अधिकृत विष्णु केसीले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो