नीति तथा कार्यक्रममा मानवअधिकारलाई सम्बोधन गर्न माग

Devghat Online

शेयर गरौ

दमौली, असार ६

इन्सेकले आवुँखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गरेको छ ।

बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाउँदै इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा संरक्षण र सम्बद्र्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गरेका हुन् । इन्सेकले नीति तथा कार्यक्रम मानवअधिकार मैत्री बनाउन समेत माग गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकाको आगामी वर्षको कार्यक्रममा मानवअधिकारको विषयलाई सम्बोधन गरिने प्रतिबद्धता जनाए । शर्माले आगामी आर्थिक वर्षमा गाउँपालिकामा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रम सन्चालन गर्न बजेट विनियोजन गर्न आफुले पहल गर्ने बताए ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकोलागि मानवअधिकार सम्बन्धी तालिम तथा मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि विभिन्न कार्यक्रमहरु गरिने गरि नीति बनाईने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो