सुरक्षित ग्रामिण सडक सचेतना सम्बन्धी अभियान सुरु

Devghat Online

शेयर गरौ

दमौली, असार ६

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सुरक्षित ग्रामिण सडक यात्रा र सवारी हामी सबैको जिम्मेबारी भन्ने अभियान सुरु गरेको छ । ग्रामिण सडकहरुमा हुने सवारी यात्रालाई सुरक्षित बनाउने अभियानकोलागि उक्त कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए ।

ग्रामिण सडक व्यवस्थामा जनताको सहभागिता र संलग्नतालाई प्रोत्साहित गर्ने, ग्रामिण क्षेत्रमा सवारी चलाउने चालकहरुलाई जिम्मेबार बनाई सुरक्षित र सहज आवागमको व्यवस्था गर्ने, ग्रामिण क्षेत्रका यात्रुहरुमा ट्राफिक सचेतना बृद्धि गर्ने, ग्रामिण सडकमा सन्चालन हुने सवारी साधनको यान्त्रिक अवस्थालाई दुरुस्त राख्ने, दुर्घटना न्युनिकरणकालागि सहकार्य गर्ने तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनकोलागि सडक प्रयोगकर्ताहरुमा सचेतना जगाउने उद्देश्यले यो अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख विष्टले जानकारी दिए ।

उक्त अभियान महिनामा ७ दिनको दरले तिन महिना सन्चालन हुनेछ । असार महिनामा ५ देखी देखी ११ गतेसम्म, साउन महिनामा ७ गतेदेखी १३ गतेसम्म र भदौ महिनामा १० देखी १६ गतेसम्म अभियान सन्चालन हुने विष्टले जानकारी दिए ।

अभियानबाट ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक तथा सवारी थप मजबुद हुने, धनजनको क्षतीमा कमी आउने, ट्राफिक प्रहरी र ग्रामिण सडकका यात्रु तथा सवारी चालकहरुमा मित्रवत भावनाको विकास हुने तथा ग्रामिण सडक सुरक्षा प्रभावकारी हुने विश्वास लिईएको विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा