दुर्घटनामा मोटरसाईकलमा सवार एकको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, असार ६

आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी बस्ने लमजुङ्ग जिल्ला सुन्दर बजार नगरपालिका–९ बस्ने बर्ष ५८ का चन्द्रबहादुर गुरुङ्गको घट्नास्थलमै मृत्यु भएको हो ।

पृथ्वीराजमार्ग सडक अन्र्तगत मुग्लिनबाट लमजुङ्गतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकलले पछाडिबाट ओभरटेक गर्ने क्रममा ट्रकमा ठोकिन जाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घरभई हाल काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका–३ बस्ने बर्ष ५५ का राजु गुरुङ्ग घाइते भएका छन् । उनको दायाँ खुट्टा र हातमा चोट अवस्था मध्यम आँबुखैरेनी अस्पतालमा उपचार भैरहेको र खतरामुक्त रहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उक्त ट्रक र ट्रकका चालक आवुँखैरेनी प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले