भानु जयन्तीमा रामायण वाचन र कविता प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, असार १७

आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा यही असार २८ गते चुँदी रम्घामा रहेको भानुभक्त जन्मस्थल विकास समितिको कार्यालयमा रामायण वाचन र खुला कविता प्रतियोगिता हुने भएको छ ।

आदिकवि भानुमक्त जन्मस्थल विकास समितिको आयोजनामा हुने सो प्रतियोगितामा भाग लिन चाहानेहरुले असार २६ गते भित्रमा जन्मस्थल विकास समितिको कार्यालयमा आफ्नो नाम दर्ता गर्नु पर्ने विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । फोन र इमेल मार्फत पनि नाम दर्ता गर्न सकिने रानाभाटले बताए ।

खुला कविता प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वित्तिय हुनेले ७ हजार, तृतिय हुनेले ५ हजार तथा सान्त्वना हुने दुई जनाले जनही १५ सयको दरले नगद पुरस्कार र प्रमाणपत्र पाउने छन् भने रामायण वाचनमा प्रथम हुनेले ५ हजार, द्वित्तिय हुनेले ३ हजार, तृतिय हुनेले १ हजार तथा सान्त्वना हुने दुई जनाले जनही ५ सयको दरले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने रानाभाटले बताए ।

उक्त पुरस्कार असार २९ गते भानु जयन्तीको दिन हुने विशेष कार्यक्रममा प्रदान गरिने रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय