म्याग्दे–६ मा ‘एक घर दुई कागतीका विरुवा’ वितरण

Devghat Online

शेयर गरौ

दमौली, असार २१

म्याग्दे गाउँपालिका वडा नम्बर ६ ले वडा भित्रका प्रत्येक घरमा २ वटाको दरले कागतीको विरुवा निशुल्क वितरण गरेको छ । वडा कार्यालयको कृषि कार्यक्रम अन्तर्गत उक्त वडा भित्रका ९ सय घर निशुल्क शतप्रतिशत अनुदानमा वितरण गरिएको वडा अध्यक्ष हिरालाल गुरुङ्गले वताए ।

१ घर २ कागती कार्यक्रम अन्तरगत कृषकलाई सुनकागती २ नामको उन्नतजाको विरुवा निशुल्क वितरण गरिएको वडा अध्यक्ष गुरुङले बताए । उक्त विरुवा वडा कार्यालयले नै ढुवानी गरि वडाका १० वटै टोल विकास संस्था मार्फत सम्बन्धित घरधनीलाई उपलब्ध गराईएको वडा सदस्य जुक्तराज वाग्लेले बताए ।

कृषकलाई आत्मानिर्भर वनाउने, स्वनिर्भर वनाउन र आर्थिक रुपमा सवल वनाउने उद्देश्यले कृषकलाई कागतीको विरुवा वितरण गरिएको वाग्लेले बताए । यसले उत्पादन दिएपछि कृषकलाई आत्मनिर्भर वनाउन र कृषीमा उत्पे्ररित गर्न मद्यत पुग्ने वडा अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक