इक्यानको उपाध्यक्षमा पौडेलको उम्मेदबारी

Devghat Online

शेयर गरौ

काठमाडौं, असार २४

नेपाल शैक्षिक परामर्श संघ (इकयान) को उपाध्यक्षमा श्रीराम पौडेलले उम्मेदबारी दिने भएका छन् ।

नेपालमा शैक्षिक परामर्श क्षेत्रको विकासका लागि यतिबेला अब्बल अगुवाहरुको खाँचो देखिएको भन्दै पौडेलले जटिल संक्रमणमा परेको र अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको व्वसायलाई उकास्न र यो संकटबाट पार लगाउन जरुरी भएको भन्दै त्यसकोलागि आफुले उपाध्यक्षमा उम्मेदबारी दिने बताए ।

यस क्षेत्रका समग्र समस्यालाई निकास दिन, हाम्रो सेवामुखि व्यवसायलाई थप अझ सुरक्षित तथा मर्यादित बनाउन सबल र चुस्त इक्यान टीम चाहिने भन्दै पौडेलले हामीले अहिलेसम्म प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै आगामी दिनमा अब्बल इक्यान बनाउन अनी सबैले गौरव गर्न सक्ने पेशागत छाता संस्था बनाउन योगदान गर्ने ध्येयले इक्यान निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा दिन लागेको बताए ।

आफुनो उम्मेदवारी आफ्नो लागि मात्र होइन, इक्यान र सबै शैक्षिक परामर्श व्यवसायीहरुको साझा हितका लागि भन्दै उनले ‘अब्बल इक्यान सबल टिम, तपाईंको मत श्रीरामलाई दिम’ भन्ने अभियान पनि सुरु गरेका छन् ।

तनहुँको भानु नगरपालिकाका बासिन्दा पौडेल बागबजारमा रहेको भिस्टा इन्टरनेशल एजुकेशन प्रा.लिका सन्चालक हुन् ।
इक्यानको निर्वाचन यही असार ३० गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण