घिरिङ गाउँपालिकाले दियो तीन प्रहरी चौकीलाई विपद् ब्यवस्थापनको सामाग्री

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, असार २५

घिरिङ गाउँपालिकाले गाउँपालिका भित्रका तिन प्रहरी चौकीलाई विपद् ब्यवस्थापनको लागि सामाग्री बितरण गरेको छ । गाउँपालिकाले सोमबार गाउँपालिका कार्यालय प्राङ्गणमा एक कार्यक्रम गरि सामाग्री वितरण गरेको हो ।

प्रहरीले विपद्को बेला तुरुन्तै उद्दार गर्न प्रयोग हुने महत्वपूर्ण सामाग्रीहरु गल ९ वटा, गैटी ९ वटा, बेल्चा ९ वटा, कोदालो ९ वटा, हेलमेट १५ वटा र फलामको बाल्टी ६ वटा र ३ सय मिटरको डोरि प्रहरी चौकीहरुलाई हस्तान्तरण गरेको थियो ।

सो सामाग्री घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले हस्तान्तरण गरेका थिए । सो अवसरमा अध्यक्ष थापाले घिरिङ गाउँपालिका भित्र हुने अबैध किसिमका कार्यको गतिबिधी नियन्त्रण र सवारी साधनमा सिट क्षमताको अनुगमनमा ध्यान दिनु पर्ने बताए । यस्तै बर्षाको समयमा विभिन्न ठाउँमा बाढी, पहिरो जस्ता विपद् आउन सक्ने हुँदा सो समस्याको तत्काल उद्धार गर्ने उदेश्यले गाउँपालिकाले प्रहरीलाई सामाग्री हस्तान्तरण गरेको बताए ।

सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले प्रहरी मेरो साथी भन्ने हिसाबले काम गर्नु प्रहरीको दायित्व रहेको बताए । साथै जब बर्षाको कारण पहिरोले भौतिक तथा मानबिय घटना भएमा तुरुन्तै प्रहरीको टोलिले उद्दार गर्नुपर्ने हुँदा प्रहरीलाई थप आवस्यक सामाग्री बितरण गरिएको बताए ।

पोखरेलले थप सामाग्रीहरु लाइफ ज्याकेट र रुख ढलेर अबरुद्ध भएमा रुख काट्ने मेसिनहरु पनि गाउँपालिकाले बितरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण