दमौली, साउन ६
४१ औं विपी स्मृति दिवसको अवसरमा शनिबार तनहुँमा विभिन्न कार्यक्रमको आयोजना गरियो । नेपाली कांग्रेस क्षेत्र नं. १ आयोजनामा भानु नपा–४ स्थित भानु स्मृती र्पाकमा बृक्षारोपण कार्यक्रम आयोजना गरियो ।




सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सबै काँग्रेसका कार्यकर्ता विपीको मार्गमा हिड्नु पर्ने बताए । सो कार्यक्रममा नेपाली कांग्रेसका निबर्तमान सभापति तथा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, पुर्ब सभापति रघुनाथ पौडेल, गन्डकी प्रदेश सभाका सांसद अशोक कुमार श्रेष्ठ, महासमिति सदस्य लक्ष्मी आचार्य, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, क्षेत्र न–१ का निबर्तमान सभापति उदयराज गौली लगायतको सहभागितार रहेको थियो । कार्यक्रमको सभापतित्व क्षेत्रीय सभापती श्यामकुमार मौरतीले गरेका थिए ।

यसैगरि विपी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ (क) को आयोजनामा दमौली स्थित निर्मल माध्यामिक विद्यालयमा वृक्षारोपण तथा गोडमेल कार्यक्रम तथा नेपाल तरुणदल तनहुँको आयोजनामा दमौली अस्पतालका विरामीलाई फलफूल तथा रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस तनहुँका निबर्तमान सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने विपी कोइरालाबाट राजनीतिक कडोर यात्रमा सिद्धान्त र इमान र अडानको लागि कहिल्यै झुक्नु हुँदैन भन्ने प्रेरणा प्राप्त हुने बताए । विपीको आदर्श र मागदर्शनलाई भुल्न नहुने न्यौपानेले बताए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ (क) का सभापति काजीमान श्रेष्ठ, नेपाल तरुण दल तनहुँका सभापति हिरा थापा, व्यास लगायतले बीपीले देखाएको बाटो नहिड्ने हो भने कांग्रेस कमजोर हुने बताए ।












