देवघाट ट्राफिकद्वारा ७ लाख ४ हजार राजश्व संकलन, एक हजार सवारी कारवाहीमा

Devghat Online

शेयर गरौ

देवघाट, साउन ८

अस्थायी ट्राफिक प्रहरी पोष्ट देवघाटले आर्थिक वर्ष २०७९÷८० मा सात लाख चार हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेका कुल एक हजारवटा सवारीसाधनलाई गरिएको कारबाहीबाट उक्त राजश्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट देवघाटका प्रहरी सहायक हवल्दार बुद्धिराज महतोले जानकारी दिए ।

महतोका अनुसार अनुसार दुईपाँग्रे सवारीसाधन (मोटरसाइकल÷स्कुटर) को कारवाहीबाट पाँच लाख ४३ हजार रूपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षमा कुल ७६३ वटा दुईपाँग्रे सवारीसाधन कारबाहीमा परेका थिए ।

त्यस्तै ११० वटा जिप तथा कारको कारबाहीबाट ६८ हजार रूपैयाँ राजस्व संकलन भएको छ । ६२ वटा ट्रक कारबाहीमा पर्दा ४५ हजार रूपैयाँ राजस्व संकलन भएको छ भने ३८ वटा ट्रयाक्टर कारबाहीमा पर्दा ३१ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको महतोले जानकारी दिए ।

देवघाटमा तीनपाँग्रे सवारीसाधन (अटो) को कारवाहीबाट १६ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ । एक वर्षभरिमा २६ वटा अटो कारबाहीमा परेका छन् । सबैभन्दा कम कारबाहीमा बस परेको छ । एक वर्षमा जम्मा एउटामात्रै बस कारबाहीमा पर्दा त्यसबाट पाँच सय रूपैयाँमात्रै राजस्व संकलन भएको महतोले बताए ।

यसअघिका वर्षमा देवघाटबाट ट्राफिक प्रहरीले करिब साँढे पाँच लाख रुपैयाँ राजश्व संकलन गर्दै अएको थियो । यसपटक देवघाटमा सवारीसाधनको चाप बढ्नुका साथै ट्राफिक नियम उल्लंघन गर्नेको संख्या पनि बढ्दै जाँदा राजस्व संकलनमा पनि वृद्धि भएको महतोले बताए । प्रहरीले सुरक्षा जाँचका लागि पनि सक्रियता बढाएका कारण धेरै सवारीसाधन कारबाहीमा पर्नुका साथै राजस्व संकलन पनि बढेको उनले बताए ।

कारबाहीमा पर्ने अधिकांश सवारीसाधन बाहिरी जिल्लाबाट आउने गरेका छन् । धेरैजसो मादक पदार्थ सेवन (मापसे) गर्ने र सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने भेटिएको महतोले जानकारी दिए । देवघाटमा सवारीसाधन चोरीका घटना पनि बढ्दै जान थालेपछि सुरक्षा व्यवस्थाका लागि पनि चेकजाँचलाई कडाइ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको