शुक्लागण्डकी च्यवनधाममा बोलबम महोत्सव आयोजना

Devghat Online

शेयर गरौ

शुक्लागन्डकी, साउन ८

शुुक्लागण्डकी नगरपालिका–२ स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा सोमबारदेखी ‘शिव महिमा तथा बोलबम धार्मिक महोत्सव–२०८०’ शुरु भएको छ । सो महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । उक्त धार्मिक महोत्सव साउन १५ गते सम्म सन्चालन हुनेछ ।

महोत्सव उदघाटन गर्नु अघि शुक्लागण्डकी नगरपालिका गेटबाट बाजागाजा सहित कलश यात्रा शुरु भई च्यवनधाममा आई टुंगिएको थियो । महोत्सब आयोजक मुल समारोह समितिका संयोजक बिमल प्रसाद रिमालको अध्यक्षतामा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रममा पुर्वमन्त्री एवं संबिधान सभा सदस्य आशा कोईराला, प्रदेश सभा सदस्य श्यामराजा महत, प्रदेश सभा सदस्य असोककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त बोलबम धार्मिक महोत्सवमा भागवात वाचिका राधिका दासी महाराजले प्रवचन दिनेछिन् । महोत्वसको अवसरमा शुक्लागण्डकी नपा–९ स्थित गौ संरक्षण केन्द्रको अवलोकन एंव् गौसेवाको कार्यक्रम राखिएको च्यवनधाम कार्यसमितिका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए । महोत्सवको क्रममा भक्तजन तथा दानवीरहरुबाट संकलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिने लम्सालले बताए ।

धामले प्रत्येक वर्ष श्रावण महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ । महोत्सबले यस क्षेत्रको धार्मिक तथा पर्यटन बिकासमा सहयोग गर्ने भएको हुँदा सबैमा सहभागी हुन र सहयोग गर्न समारोह समितिको संयोजकमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका महोत्सवका संयोजक विमल प्रसाद रिमाल अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू