कार्कीले दिए भुमी आयोगको विज्ञ सदस्यबाट राजिनामा

Devghat Online

शेयर गरौ

दमौली, भदौ २१

नेकपा एमालेका नेता श्रीराम कार्कीले राष्ट्रिय भुमी आयोग तनहुँको विज्ञ सदस्य पदबाट राजिनामा दिएका छन् । कार्कीले विहिबार पत्रकार सम्मेलन गरि सो पदबाट राजिनामा दिएको सार्वजानिक घोषणा गरे । कार्कीले प्रेस विज्ञप्ति मार्फत आफ्नो राजिनामा पत्र भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रीलाई सम्बोधन गरि सार्वजानिक गरेका थिए ।

कार्की २०७८ चैत ४ गते भुमी आयोगको विज्ञ सदस्यमा मन्त्रीपरिषदको निर्णयबाट नियुक्ती भएका थिए । कार्की नेकपा एकिकृत समाजबादीको जिल्ला सचिव हुँदा सो पदमा नियुक्त भएका थिए । कार्की नेकपा एकिकृत समाजबादी परित्याग गरि गत साउन ५ गते नेकपा एमालेमा प्रवेश गरेका थिए । पार्टी परित्याग गरेपछि कार्कीलाई सो विज्ञ सदस्यबाट राजिनामा दिन नेकपा एसका नेताहरुले मौखिक तथा लिखित दवाव दिएका थिए । कार्कीको राजिनामा आउन ढिलाई भएको अवस्थामा केही दिन अघि नेकपा एसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि कार्कीलाई पदलोलुपको संज्ञा दिएको थियो ।

कार्कीले आफु आयोगको विज्ञ सदस्यको रुपमा जिल्लाका १० वटै स्थानीय तहका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पहल गरिरहेको प्रेस विज्ञप्तिमा जनाएका छन् । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान गरि उनीहरुको हातमा लालपुर्जा दिने आफ्नो चाहाना भएपनि राष्ट्रिय राजनीतिकको गम्भिर विश्लेषण गरि पार्टी परित्याग गरि नेकपा एमालेमा समाहित भएको र त्यसले आयोगको सदस्यमा आफु रहिरहन आफुले नैतिकताको कारण उचित नठानेको कार्कीले बताए ।

एउटा राजनीतिक दलबाट निर्वाचित भएर अर्काे दलमा प्रवेश गरेर झण्डा हल्लाएर हिड्ने र एउटा पार्टीको सरकारको पालामा भएको नियुक्ती अर्काे पार्टीको सरकार हुँदा पनि सो नियुक्ती खाएरै हिडिरहेको अवस्थामा आफुलाई नैतिकताको पाठ पढाएकोमा कार्कीले आपत्ती जनाएका छन् । आफुले आयोगका अध्यक्षलाई लिखित पत्र पठाई आफ्नो स्थानमा अर्काे सदस्य नियुक्ती गर्न सहज बनाईदिएको अवस्थामा पनि नेकपा एसले पत्रकार सम्मेलन गरि आफ्नो राजनीतिक चरित्र र व्यक्तिगत इमानदारीतामाथी अफवाह फैलाउने प्रयास गरेको कार्कीले आरोप लगाएका थिए । यो अवस्थामा धमिलो पानीमा माछा मार्ने प्रबृत्तिलाई निरुत्साहित गर्न पत्रकार सम्मेलन मार्फत राजिनामा सार्वजानिक गरेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन