एमसिसि परियोजनाको जग्गा अधिग्रहणको नीति प्रति जग्गाधनीको असहमती, प्रशारण लाईन बनाउन नदिने

Devghat Online

शेयर गरौ

दमौली, भदौ २१

एमसीसी परियोजना कार्यान्वयनको क्रममा तनहुँमा विद्युत प्रशारण लाइनको लागि जग्गा अधिग्रहणको नीति प्रति व्यास नगरपालिकाका जग्गाधनीले असहमती जनाएका छन् । व्यास नगरपालिका वडा नम्बर १३ का जग्गाधनीले जग्गा अधिग्रहणको नीति प्रति असहमती जनाउँदै प्रशारणलाईन निर्माणकोलागि आफ्नो जग्गा उपलब्ध नगराउने चेतावनी दिएका छन् ।

केही दिन अघिको भेलाबाट स्थानीय जग्गाधनीहरुले सरोकार समितिको गठन समेत गरेका छन् । विहिबार व्यास नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरोकार समितिले एमसिसि परियोजनाको जग्गा अधिग्रहणको नीति प्रति असहमती जनाउँदै जग्गा जग्गा उपलब्ध नगराउने बताए ।

सरोकार समितिका संयोजक उमाकान्त रेग्मी र सचिव अशोकराज पन्तले हस्ताक्षर गरेको ज्ञापनपत्रमा रातमाटे दमौली बुटवल ४०० केभी प्रशारण लाईनमा परेका जग्गाधनीहरुसँग कुनै परामर्श नै नगरि जिल्ला प्रशासन कार्यालयले जग्गा अधिग्रहण सम्बन्धी सुचना प्रकाशन गरेको प्रति असहमती जनाईएको छ । उक्त अधिग्रहण सम्बन्धी सुचनामा प्रशारणलाईनको टावर मात्र उल्लेख गरिएको तर तार मुनीको जग्गाको बारेमा भने केही उल्लेख नगरिएको भन्दै त्यसप्रति आफुहरुको असहमती रहेको जनाईएको छ ।

आयोजनाको सर्वे गर्दा देखी नै स्थानीय बासिन्दाहरुसँग कुनै छलफल नै नगरिएको भन्दै विभिन्न बाहानामा कृषियोग्य जमिन नष्ट गर्ने काम भएको आरोप लगाईएको छ । यदि आयोजनाले अधिग्रहण सम्बन्धी नीति नसच्याउने हो भने प्रशारण लाईनको विकल्प सोच्न सरोकार समितिले चेतावनी दिएको छ ।

एमसीसी परियोजना कार्यान्वय अन्तर्गत जिल्ला प्रशासन कार्यालय तनहुँले गत साता गोरखापत्र दैनिकमा जग्गा अधिग्रहण सम्बन्धी सुचना प्रकाशन गरेको छ । थियो । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपालकविकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित ४०० केभी विद्युत प्रशारण लाईन आयोजना अन्तर्गत नुवाकोटको रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटबल सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको हो । एमसीए–नेपालले तनहुँको आँबुखैरेनी, बन्दीपुर, ऋषिङ्ग र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिको वडा नम्बर १३ र १४ का क्षेत्रमा पर्ने जग्गा र स्थायी संरचना अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेको थियो ।

सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा घर टहरा, बालिनाली र रुख विरुवा समेत भए सो को समेत मुआब्जा तथा क्षतीपुर्ती लिन रितपुर्वक जिल्ला प्रशासन कार्यालय तनहुँमा निबेदन दिन जिल्ला प्रशासन कार्यालय तनहुँले प्रकाशित गरेको सार्वजानिक सुचनामा उल्लेख गरिएको थियो । सुचना प्रकाशित भएको मितिदेखी नै अधिग्रहण गरिने जग्गाहरु रोक्का रहने हुँदा त्यस क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काम नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले