गणित, विज्ञान र कम्प्युटर अंग्रेजीमै पढाउनुपर्ने प्रस्ताव

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

सरकारले विद्यालयमा मातृभाषासँगै नेपाली, संस्कृत र अंग्रेजी भाषामा पनि पढाउन पाइने प्रस्ताव गरेको छ । बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षणको माध्यमभाषा मातृभाषा, नेपाली, संस्कृत र अंग्रेजी हुने व्यवस्था गरिएको छ ।

तर माध्यम भाषा जे सुकै भए पनि विज्ञान, गणित र कम्प्युटर भने अंग्रेजी भाषामा नै पढाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । कुनै विदेशीले नेपालमा अध्ययन गर्दा नेपाली नपढे पनि हुने भएको छ । उसले नेपालीको सट्टा पाठ्यक्रममा निर्धारित भाषा अर्थात कुनै मातृभाषा, सस्कृत वा अंग्रेजी पढ्न पनि पाउनेछ ।नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषा नै पढाउनुपर्नेछ ।

विद्यालय शिक्षा विधेयकले नेपालको माध्यमिक तहमा प्राविधिक शिक्षा, साधारण शिक्षा र परम्परागत शिक्षाका धार (स्ट्रिम) मा पढाइ हुन सक्ने व्यवस्था पनि गरेको छ । परम्परागत शिक्षामा गुरुकुल, गुम्बा, आश्रम, तथा मदरसालगायतका परम्परागत शैक्षिक संस्थामा अध्ययन हुने शिक्षालाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले