तनहुँ जलविद्युत आयोजनाको भौतिक प्रगती ४१ प्रतिशत (तश्विरहरु)

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

तनहुँ जलविद्युत आयोजनाको निर्माणको भौतिक प्रगती ४१.५ प्रतिशत भएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधिन उक्त आयोजना ३ वटा प्याकेजमा बाँडेर निर्माण भईरहेको छ । ३ वटै प्याकेजको भौतिक प्रगति ४१.५ प्रतिशत र असार मसान्तसम्मको वित्तिय प्रगति ४० प्रतिशत रहेको आयोजनाका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरु भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी (ब्रेक थ्रु) कंक्रिट लाइनिङको काम भइरहेको छ । उक्त प्याकेजको भौतकि प्रगति २५ प्रतिशत रहेको छ ।

त्यस्तै प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरु गरिरहेको छ । विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्यांक निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये हाल ११ सय भन्दा बढि मिटर खन्ने कार्य सम्पन्न भईसकेको छ । उक्त प्याकेजको भौतिक प्रगति ४५ प्रतिशत रहेको छ ।

प्याकेज–३ अन्तर्गत केईसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९६ वटा टावर निर्माण गर्ने छ । जसको भौतिक प्रगति ६९ प्रतिशत भईसकेको छ । आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । जसको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसैविच तनहुँमा कार्यरत पत्रकारहरुले निर्माणाधिन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको बुधबार अवलोकन गरेका छन् । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधिन आयोजनाको प्रगती तथा यसको प्रभावको बारेमा पत्रकारलाई जानकारी दिलाउन आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडको संयोजनामा पत्रकारहरुसँग अन्तरक्रिया सहितको स्थलगत अवलोकन गराईएको हो ।

सो अवसरमा तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सन्चालक किरणकुमार श्रेष्ठ र तनहुँ जलविद्युत आयोजनाका आयोजना प्रमुख राजु भाई सिल्पकारले आयोजनाको प्रगतीको बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।
निरिक्षणको क्रममा सन्चारकर्मीहरुले २ वटा प्याकेजको निरिक्षण गरेका थिए । प्याकेज १ अन्तर्गतको बाँध फर्काउने योजना र प्याकेज २ अन्तर्गतको भुमिगत जलविद्युत गृहको निर्माणको प्रगतिको बारेमा आयोजनाका सन्चालकहरुले पत्रकारलाई जानकारी गराएका थिए ।

निरिक्षणको क्रममा प्रबन्ध निर्देशक श्रेष्ठले जलाशययुक्त आयोजना भएको हुँदा यसको निकै महत्व रहेको बताए । यस अघि नेपाल कुलेखानी मात्र जलाशययुक्त आयोजना निर्माण भएको हुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण सम्पन्न पछि विद्युत उत्पादनको क्षेत्रमा ठुलो क्रान्ति हुने श्रेष्ठले बताए ।

आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत विद्यालय भवन, सडक, अस्पताल, खानेपानी, तटबन्ध निर्माणको क्षेत्रमा काम गरेको श्रेष्ठले बताए । यसैगरि उक्त तनहुँ जलविद्युत आयोजनाको उपआयोजनाको रुपमा सराङघाट नजिकै १२६ मेगावाटको तल्लो सेती उपआयोजना निर्माण हुने श्रेष्ठले बताए । उक्त उपआयोजना हाल अध्ययनको क्रममै रहेको भन्दै श्रेष्ठले २ बर्ष भित्रमा उक्त आयोजना पनि निर्माण सुरु हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको