एन आरएनए माल्टाले सेप्टेम्बर १६ मा तीज विशेष कार्यक्रम गदै, कार्यक्रमका लागि गायिका केसीलाई माल्टामा स्वागत

Devghat Online

शेयर गरौ

सेप्टेम्बर १६ , माल्टा

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एन आरएनए) माल्टाले नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा यहि आउँदो १६ तारिखका दिन तीज विशेष कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमलाई भव्य र सफल बनाउँन गायिका रिता केसी माल्टामा स्वागत गरिएको छ । केसीलाई स्वागत गर्न एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङ, आईसिसी सदस्य नवीन गिरि, महिला उपाध्यक्ष सबनम गुरुङ, महिला संयोजक धनु लामा सहकोषाध्यक्ष सुबास तिम्ल्सिना पुगेका थिए।

आउँदो १६ तारिख शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म सेन्त्रु फेमिलिजा एमसिदामा हुने कार्यक्रममा गायिका केसी लगाएत स्थानिय कलाकारहरु समेतको प्रस्तुती रहने आयोजक संस्थाले जानकारी दिएका छन् । संस्थाका अनुसार कार्यक्रममा महिलाहरुका लागि प्रवेश निःशुल्क छ भने पुरुषका लागि ५ युरो तोकिएको छ ।

कार्यक्रम सांस्कृतिक पर्व हरितालिका तीज लक्षित पभएकाले नेपालीपन, पहिचान तथा संस्कृति जोगाउन र सांगीतिक माहोलमा एकआपसमा आत्मीयता साटासाट गर्दै मनोरञ्जन लिन सकिने एन आरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल बताउँछन् । यस कार्यक्रमले नेपालीहरु बिचको सम्बन्धलाई थप प्रगाढ बनाउने र संस्थालाई थप उचाइमा पुर्याउनेमा उनको विश्वास छ। कार्यक्रममा सम्पुर्ण माल्टाबासी नेपालीहरुलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण