देवघाट सार्वजानिक पुस्तकालयलाई वडा अध्यक्ष कुवँरद्वारा १८ हजार सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, असोज ११

देवघाट गाउँपालिका–५ देवघाटधाममा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालयलाई देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पूर्णबहादुर कुवँरले १८ हजार ५ सय ५ रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

वडा अध्यक्ष कुँवरले आफ्नो मासिक पारिश्रमिक वापत प्राप्त हुने रकम मध्येबाट सो रकम विहिबार देवघाट सार्वजानिक पुस्तकालयलाई उपलब्ध गराएका हुन् । वडा अध्यक्ष कुँवरले हालसम्म आफ्नो मासिक पारिश्रामिक देवघाटका विभिन्न संघ संस्थालाई सहयोग स्वरुप उपलब्ध गराउँदै आएका छन् ।

पुस्तकालय निर्माणकोलागि वडा अध्यक्ष कुँवरले गर्नु भएको सहयोग र योगदानका लागि पुस्तकालय व्यवस्थापन समितिको तर्फबाट हार्दिक आभार एवं धन्ववाद व्यक्त गरिएको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए । निर्माणाधीन पुस्तकालयको पूर्णता र यसको समुचित प्रवन्धका निम्ति स्रोत व्यवस्थापनको समेत अध्यक्ष पौडेलले देवघाटबासीलाई अनुरोध समेत गरेका छन् ।

पुस्तकालय निर्माणका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले सहयोग गर्दै आएका छन् । १० हजार माथि सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको