पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २१

बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल वर्षापछि आएको पहिरोले क्षतिग्रस्त भएको छ ।

पहिरो पसेपछि चार्जिङ स्टेसनको भवन, डाइनिङ हल तथा किचनका सामग्रीहरू ढुङ्गा र माटोको लेदोले पुरिएका छन् । करिब १ करोड ३० लाख रुपैयाँको लगानीमा ७–८ महिना लगाएर निर्माण गरिएको उक्त स्टेसन करिब एक महिनाअघि मात्रै सञ्चालनमा आएको थियो ।

पहिरोले स्टेसनको मुख्य भवनसहित डाइनिङ हल र भान्साका सम्पूर्ण सामग्रीमा ठूलो क्षति पु¥याएको छ । पहिरोका कारण तत्काल होटल तथा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको सञ्चालकले जानकारी दिएका छन् ।

क्षति हुनबाट जोगिएका केही संरचना र सामग्रीहरू पन्छाउने तथा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । सञ्चालनमा आएको महिना दिनमै पहिरोले करोडौँको क्षति पु¥याएपछि सञ्चालकहरू थप मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय