अधिकार क्षेत्र बाहिर गई उपचार गरेको आरोपमा दुई पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असोज ११

अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको आरोपमा प्रहरीले दुई जना मेडिकल सन्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँ, ब्यास नगरपालिका, स्वास्थ्य कार्यालय तनहुँ, दमौली अस्पताल, उद्योग बाणिज्य संघ तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ र सन्चारकर्मी सहितको अनुगमन टोलीले विहिबार अनुगमन गर्दा अधिकार क्षे भन्दा बाहिर गई विरामी उपचार गरेको पाईएपछि ब्यास नगरपालिका–३ परासरटोलमा बिष्णु कुमारी गरौजा मगर र कैलाली भजनी नगरपालिका वडा नम्बर ६ दौनहिया घर भई ब्यास नगरपालिका वडा नम्बर ३ अनसनचौतारीमा मित्रता स्वास्थ्य क्लिनिक सन्चालन गरेका ४५ बर्षिय चन्द्र बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गरौंजा मगरले प्रजुन थापा मेडिकल हलको नाममा क्लिनिक दर्ता नगरी फार्मेसीमा बिरामी जाँच गरेको तथा बिरामीलाई ईन्जेकसन मार्फत उपचार गराएको अनुगमनमा भेटिएको थियो भने चौधरीले सन्चालन गरेको मित्रता स्वास्थ्य क्लिनिनमा डाक्टर नभएको, आफै औषधी सिफारिस गरेको, डेंगु पोजेटिभ बिरामीहरुलाई ईन्जेक्सन, ट्याबलेट र ईन्टिबायोटिक्सको माध्यमबाट उपचार गराएको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरुलाइ ईलाज सम्बन्धि कसुरमा तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँडले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल