घिरिङ गाउँपालिकाले थाल्यो बजार अनुगमन

Devghat Online

शेयर गरौ

घिरिङ, असोज २६

दशै र तिहार जस्ता चार्डपर्बको अबसरमा बजार अनुगमन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष होमबहादुर थापा उपाध्यक्ष राधादेवी अधिकारी प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोख्रेल, प्रहरी, गाउँ पालिकाका प्रहरी र पत्रकार सहितको टोलीले अनुगमन गरेको थियो ।

चार्डपर्वको अबसरमा ब्यापारिले ग्राहकलाई बिक्रि मुल्यमा लापरवाही गर्ने, कालो बजारी गर्ने, म्याद गुज्रेका सामान बेच्ने र पसल दर्ता तथा नवीकरण नगरी चलाउने ब्यापारीलाई सचेत गराउने उदेश्यले मंगलबार वडा नम्बर २ र ३ को सुन्धारा, देउराली र धानुङ रहेका पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा केही म्याद गुज्रेका सामान जफत गरि उक्त म्याद गुज्रेका सामानहरु गाउँपालिकाले प्रहरिको रोहवरमा मुचुल्का गरि नष्ट गरेको प्रमुख प्रशासकिय अधिकृत पोख्रेलले बताए ।

सो अनुगमनलाई हेल्चेक्र्याई गरे अर्को पटकको अनुगमनमा कडा कार्वाही गर्ने चेतावनी पोख्रेलले दिएका छन् । सुन्धारा बाट सुरु गरिएको अनुगमन टिम जतिबेला पनि जुन सुकै बजारमा पनि आउन सक्ने भएकोले बजारमा ग्राहकको ढाड सेक्ने गरि मुल्य गरेको पाइएमा तथा म्याद गुज्रेको सामान बेचेको पाइएमा जो सुकै ग्राहकले गाउँपालिकामा खबर गर्न आग्रह समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले दियो ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ मा बिदा

तनहुँ । जेठ १४ म्याग्दे गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का अवसरमा

रास्वपाका सांसद न्यौपानेको प्रधानमन्त्रीलाई खुल्लापत्रः ‘मदिरा–दलाली गठबन्धन तोड्नुस्, देश बचाउनुस्’

तनहुँ । जेठ १३ तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ई.श्रीराम