देवघाट युवा तथा खेलकुद समितिको अध्यक्षमा फेवालीे

Devghat Online

शेयर गरौ

देवघाट, असोज २८

देवघाट गाउँपालिकाको युवा तथा खेलकुद समितिको अध्यक्षमा अमर फेवाली चयन भएका छन् । समितिको आइतबार देवघाटमा भएको प्रथम अधिवेशनबाट फेवालीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरियो ।

समितिको उपाध्यक्षमा योगेन्द्र गुरुङ र अनिल मिश्र, सचीवमा भक्त बहादुर थापामगर तथा उपसचिवहरुमा सनिल थापा र इन्द्रबहादुर राना तथा कोषाध्यक्षमा गणेशबहादुर गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विक्रम गुरुङ, हेमन्त पौडेल, नारयणबहादुर अधिकारी, सुजन गुरुङ, गणेश तिवारी र उमेश आले चयन भएका छन् ।

सो अधिवेशनको देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए । देवघाट खेलकुँद विकास समितिका अध्यक्ष शुकु गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष भुवन सिहं गुरुङ, प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर, गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु बुद्धिबहादुर पाण्डे, कमला गुरुङ, यम बहादुर मगर, देवघाट ईलाका प्रहरी कार्यालय प्रमुख कृष्ण बानियाँ, गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त, देवघाट वडा नम्बर ५ खेलकुद समितिका अध्यक्ष खेम बहादुर राना लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको