आबुँखैरेनी गाउँपालिकाद्वारा चेपाङ विद्यार्थीलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, कार्तिक १५

आबुँखैरेनी गाउँपालिकाले चेपाङ विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । आँबुखैरेनी गाउँपालिकामा स्थायी बसोबास गर्दै आएका चेपाङ जातिका वासिन्दाहरु आर्थिक रुपमा कमजोर रहेकोले गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा अध्ययनरत चेपाङ जातिका विद्यार्थीहरुलाई गास, बास र आवास सहित माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सम्पुर्ण खर्च गाउँपालिकाले जिम्मा लिने नीति अनुसार सो सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चेपाङ विद्यार्थीलाई शैक्षिक सहयोग वापत वार्षिक ६० हजार रुपैँया उपलब्ध गराउने गाउँकार्यपालिकाको गत साउन १९ गतेको निर्णय बमोजिम आबुँखैरेनी–३ स्थित रामशाह माविमा कक्षा ११ मा अध्ययनरत वडा नम्बर ५ निवासी अमृत चेपाङलाई पहिलो किस्ता वापतको रकम विहिबार प्रदान गरीएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

आँबुखैरेनी गाउँपालिकाका कोही पनि विद्यार्थी आर्थिक अभावको कारण शिक्षाबाट बञ्चित नहुन् भन्ने नीति अनुसार सिमान्तकृत तथा विपन्न समुदायका चेपाङ विद्यार्थीलाई अध्ययन खर्च उपलब्ध गराईएको अध्यक्ष चुमानलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो