हरिहर बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २२

देवघाट गाउँपालिका–५ मा स्थित हरिहर बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष रोशनदेव आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, सहकारीका सल्लाहकार भवानी तिम्सिना, किसान बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक ऋषिराम सुवेदी, देवघाट गाउँपालिका सहकारी शाखा प्रमुख कृष्णराज पन्त, सहकारीका लेखा सुपरिवेक्षण समितिका सदस्य किरण सुवेदी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा सहकारी संस्थाका सचिव अनिल मिश्रले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अर्जुन अधिकारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा ७० वर्ष उमेर पार गरेका ९ जना शेयर सदस्यहरु, उत्कृष्ट ऋणी तथा उत्कृष्ट बचत कर्तालाई सम्मान गरिएको थियो । त्यसैगरि शेयर सदस्यका छोराछोरी मध्ये कक्षा १० को अन्तिम परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल सेयर सदस्य तुलसी पोखरेलका छोरा सन्तोष पोखरेललाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियोे । कार्यक्रममा सहकारीकी उपाध्यक्ष पार्वती बोटले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता