देवघाटमा सातौं देवपुर महोत्सव हुने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २३

देवघाट गाउँपालिका–५ मा आगामी कार्तिक २५ गते सातौं देवपुर सास्कृतिक महोत्सव हुने भएको छ । लोक कला संस्कृति संरक्षण भन्ने मुल नाराको साथ गाँउ सुधार समिति देवपुरको आयोजनामा देवघाट गाँउपालिका–५ देउपुरचोक (डबली पार्क) सो महोत्सव आयोजना गरिने भएको हो ।

महोत्सवको बारेमा जानकारी दिन विहिबार पत्रकार सम्मेलनको आयोजना गरियो । सो पत्रकार सम्मेलनमा गाउँ सुधार समिति देवपुरका अध्यक्ष सुकु गुरुङले सो महोत्सवमा राष्ट्रिय कलाकारहरु ज्योती मगर, राजन गुरुङ, निर्जला गुरुङ, कुशल बेलबासे, बराम सरकार लगायत स्थानीय कलाकारको प्रस्तुति रहने बताए । त्यस्तै, महोत्सवमा लोप हुन लागेको विविध जातको, समुदायको नचरी, घाँटु, कौराह, झउरे, तामाङ शेलो, भजनसमेत प्रस्तुत हुने गुरुङले जानकारी दिए ।

सो सांस्कृतिक महोत्सवमा चितवन, नवलपुर, तनहुँ लगायत अन्य जिल्लाको समेत सहभागिता रहने अपेक्षा गरिएको र महोत्सव सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
सो पत्रकार सम्मेलनमा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले उक्त सांस्कृतिक महोत्सवले देवघाटको पहिचान झल्काउने बताए । अध्यक्ष थापाले महोत्सवमा भरतपुर भ्रमण बर्षको समेत प्रचार प्रसार गरिने जानकारी दिए ।

सो सांस्कृतिक महोत्सवको सह आयोजकमा देवपुर खेलकुँद संघ, सह प्रायोजकमा चक्रवर्ती सामुदायीक वन उपभोक्ता समुह र प्रमुख संरक्षकमा देवघाट गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण