भुकम्प पीडितलाई देवघाटधाम जेसिजको २५ हजार ५ सय ५५ सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २४

देवघाटधाम जेसिजले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई राहत सहयोगको लागि २५ हजार ५ सय ५५ रुपैयाँ उपलब्ध गराएको छ । देवघाटधाम जेसिजले शुक्रबार देवघाट गाउँपालिकाको विपद राहत कोषमा जम्मा हुने गरि सो रकम हस्तान्तरण गरेको हो ।

देवघाटधाम जेसीज वर्ष २०२३ का क्षितिज सापकोटाले देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । गाउँपालिकाको सभाहलमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष विकास सापकोटा र देवघाट गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियोे । सो अवसरमा गाउँपालिकाका अध्यक्ष थापाले भुकम्प पीडितलाई सहयोग गरेकोमा देवघाटधाम जेसिजलाई धन्यवाद दिए ।

देवघाट गाउँपालिकाले भुकम्प पीडितको सहयोगको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता