काँग्रेसमा रिक्त महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति तय

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ३०

नेपाली काँग्रेस तनहुँको रिक्त रहेको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति तय गरिएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिद्वारा गठित निर्वाचन समितिले गरेको परिपत्र अनुसार विशेष कारणवश रिक्त रहेको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको निर्वाचन मंसिर १० गते भित्र हुने भएको छ ।

नेपाली काँग्रेस तनहुँको क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि तर्फ आदिवासी जनजाती कोटामा १ जना, महासमिति सदस्य तर्फ आदिवासी जनजाती कोटामा १ सदस्य रिक्त रहेको छ । त्यसैगरि क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि तर्फ २ जना प्रतक्ष्य खुला र महासमिति सदस्य तर्फ १ प्रतक्ष्य र १ खस आर्य तर्फको कोटा रिक्त रहेको छ । उक्त रिक्त रहेको कोटाको सदस्यमा निर्वाचन हुने भएको हो ।

निर्वाचनको लागि आगामी मंसिर ३ गते आइतबार विहान ११ बजेदेखी ३ बजेसम्म मनोनयन कार्यक्रम राखिएको निर्वाचन अधिकृत फणिन्द्र कोइरालाले प्रकाशित गरेको सुचनामा उल्लेख छ । महाधिवेशन प्रतिनिधिको लागि ३ हजार र महासमिति सदस्यको लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण