देवघाटका विभिन्न योजनाहरुको अनुगमन

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ११

देवघाट गाउँपाालिकामा सन्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । वडा नम्बर ५ मा सन्चालित विभिन्न योजनाहरुको सोमबार अनुमगन गरिएको हो ।

अनुगमन टोलीले गाउँपालिकाको निर्माणाधिन प्रशासकीय भवन, वडा नम्बर ५ को वडा कार्यालयको भवन तथा घिनाटार देउपुर सडकको अवस्थाको बारेमा अनुमगन गरेका थिए । गाउँपालिकाको प्रशासकीय भवनको ९० प्रतिशत भौतिक प्रगति सम्पन्न भईसकेको योजना शाखाका प्रमुख तिर्थ ढुङ्गानाले बताए । ढुङ्गानाका अनुसार त्यस्तै वडा कार्यालय भवनको पनि निर्माण कार्य लगभग पुरा भईसकेको छ भने घिनाटार–देउपुर सडक भने अलपत्र अवस्थामा रहेको पाईएको छ ।

गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक भुवन सिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, गाउँपालिकाका योजना र प्राविधिक शाखाका प्रमुखहरु तथा सन्चारकर्मीहरुले ति योजनाहरुको भौतिक प्रगति र निर्माणको गुणस्तरको बारेमा अनुमगन गरेका थिए ।

अनुगमन पश्चात गाउँपालिकाका उपाध्यक्ष गुरुङ र प्रमुख प्रशासकीय अधिकृत आचार्यले कुनै पनि योजनाहरुको गुणस्तर महत्वपुर्ण हुने हुँदा निर्माणलाई गुणस्तर र समयमै सम्पन्न गर्नु पर्नेमा गम्भिर बन्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय