विपन्न विद्यार्थीलाई पोशाक र झोला वितरण

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस १

बन्दिपुर गाउँपालिका–३ रामकोटमा रहेको सरस्वती आधरभुत प्राविका विपन्न विद्यार्थीलाई पोशाक तथा झोला वितरण गरिएको छ ।

गोरखाका बिकाश गुरुङ र सिन्धुपाल्चोकका महेन्द्र लामाको सहयोगमा प्राप्त भएको सो पोशाक तथा झोला नेपाली काङग्रेस तनहुँका पुर्व कोषाध्यक्ष एबं महाधिवेशन प्रतिनिधि रेशम गुरुङले आइतबार विद्यार्थीहरुलाई वितरण गरे ।

सो अवसरमा बोल्दै गुरुङले एउटा दुर्गम गाउँको स्कुलमा पढ्ने विपन्न विद्यार्थीलाई सहयोग गरेकोमा समाजसेवी बिकाश गुरुङ र महेन्द्र लामालाई धन्यवाद दिए ।

पुर्व वडा सदस्य खड्का ब.थापाको अध्यक्षता भएको सो कार्यक्रममा वडा सदस्य निर काजि आले, पदम गुरुङ, विद्यार्थी नेता नबिन खनाल, विद्यालयकी प्रधानाध्यापक सरस्वती भट्टराई खनाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण