भौतिक मन्त्रीलाई ज्वालालाई फिर्ता गर्न प्रधानमन्त्रीको आग्रह

Devghat Online

शेयर गरौ

काठमाडौं, पुस १७

प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्री पदबाट फिर्ता गर्न नेकपा एसलाई आग्रह गरेका छन्।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीतर्फबाट मन्त्रीलाई फिर्ता बोलाइदिन आग्रह गरेका हुन्। ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयमा पुस १३ गते दुई जनाको ज्यान गुमाउनुमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार देखिएपछि प्रधानमन्त्री दाहालले उनलाई फिर्ता गर्न अध्यक्ष नेपाललाई आग्रह गरेको स्रोतले जनाएको छ।

‘दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस)मा सीप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाहरूले शुक्रबार ईपीएस शाखा कार्यालय ग्वार्को नजिक आन्दोलन गर्ने गरिरहेका बेला मन्त्री ज्वाला झन्डावाला गाडीमा सवार थिए । त्यस क्रममा मन्त्रीलाई जोगाउँदा सुरक्षाकर्मीको गोली लागी दुई जनाको मृत्यु भएको थियो।

सयौँ युवाहरू बिहीबारैदेखि शाखाबाहिर पुगेर आन्दोलन गरिरहेको र त्यो आन्दोलन शुक्रबार पनि निरन्तर भएको अवस्थामा मन्त्री ज्वाला भने आफूलाई जानकारी नभएको र सुरक्षाकर्मीले खबर नगरेको भन्दै उम्किने, जोगिने प्रयासमा लागेका थिए। तर सुरक्षाकर्मीले उनकै कारण दुई जनाको मृत्यु भएको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको