बन्दीपुर गाउँपालिकाले सुरु गर्यो अपाङ्गता परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस २४

बन्दीपुर गाउँपालिकाले ‘ग र घ’ वर्गको अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर बन्दीपुर गाउँपालिकाले ‘ग र घ’ वर्गका अपाङ्गता भएका व्यक्ति र त्यस्ता व्यक्तिको परिवारका सदस्यहरूको नि शुल्क स्वास्थ्य बिमा गाउँपालिकाले नै गरिदिन थालेको हो ।

क र ख बर्गका अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा संघ र प्रदेश सरकारले गरिदिएपनि ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तीहरुको नि शुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

चालु आर्थिक वर्षमा ‘ग र घ’ वर्गको अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरूको लागि ६ लाख रूपैयाँ बजेट विनियोजन भएको र यसबाट करिव १७० परिवारले निःशुल्क स्वास्थ्य बिमाको लाभ दिने गाउँपालिका अध्यक्ष थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले