नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालद्वारा राजीनामा

शेयर गरौ

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिनुभएको छ । खनालले पछिल्लो समय विभिन्न प्रकरणमा खास कदम चाल्न नसकेको भनेर आलोचना भइरहेको छ ।

खनालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), स्मार्ट सेल खारेजी र एनसेलको शेयर खरिद/बिक्री लगायतका विषयमा प्राधिकरणले अनियमितता गरेको र दायित्व पूरा नगरेको भन्दै आलोचना भइरहेको थियो ।

टेरामक्स र एमडीएमएसको विषय संसदीय समिति र अख्तियारमा समेत पुगेकाे छ । यस्तो अवस्थामा दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामालाई अर्थपूर्णरूपमा हेरिएको छ । स्रोतका अनुसार मन्त्री रेखा शर्माले नै खनाललाई राजीनामा दिन निर्देशन दिँदै राजीनामा नदिए बर्खास्तीको चेतावनी दिनुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले २०७६ सालको साउन ६ गते खनाललाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । आउँदो साउन ६ गतेसम्मको कार्यकाल बाँकी रहेको भए पनि उहाँले अहिले नै राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त