नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालद्वारा राजीनामा

शेयर गरौ

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिनुभएको छ । खनालले पछिल्लो समय विभिन्न प्रकरणमा खास कदम चाल्न नसकेको भनेर आलोचना भइरहेको छ ।

खनालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), स्मार्ट सेल खारेजी र एनसेलको शेयर खरिद/बिक्री लगायतका विषयमा प्राधिकरणले अनियमितता गरेको र दायित्व पूरा नगरेको भन्दै आलोचना भइरहेको थियो ।

टेरामक्स र एमडीएमएसको विषय संसदीय समिति र अख्तियारमा समेत पुगेकाे छ । यस्तो अवस्थामा दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामालाई अर्थपूर्णरूपमा हेरिएको छ । स्रोतका अनुसार मन्त्री रेखा शर्माले नै खनाललाई राजीनामा दिन निर्देशन दिँदै राजीनामा नदिए बर्खास्तीको चेतावनी दिनुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले २०७६ सालको साउन ६ गते खनाललाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । आउँदो साउन ६ गतेसम्मको कार्यकाल बाँकी रहेको भए पनि उहाँले अहिले नै राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय