बन्दीपुर गाउँपालिकाले सुरु गर्यो अपाङ्गता परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस २४

बन्दीपुर गाउँपालिकाले ‘ग र घ’ वर्गको अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर बन्दीपुर गाउँपालिकाले ‘ग र घ’ वर्गका अपाङ्गता भएका व्यक्ति र त्यस्ता व्यक्तिको परिवारका सदस्यहरूको नि शुल्क स्वास्थ्य बिमा गाउँपालिकाले नै गरिदिन थालेको हो ।

क र ख बर्गका अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा संघ र प्रदेश सरकारले गरिदिएपनि ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तीहरुको नि शुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

चालु आर्थिक वर्षमा ‘ग र घ’ वर्गको अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरूको लागि ६ लाख रूपैयाँ बजेट विनियोजन भएको र यसबाट करिव १७० परिवारले निःशुल्क स्वास्थ्य बिमाको लाभ दिने गाउँपालिका अध्यक्ष थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु