आँपटारीदेखी देवघाट जाने सडकको दायाँ वायाँका रुखमा रङ रोगन

Devghat Online

शेयर गरौ

देवघाट, पुस २४

चितवनको भरतपुरको आँपटारीचोकदेखि पवित्र धार्मिस्थल देवघाटसम्म जाने सडकको दायाँ–बायाँका रुख र पोलमा रङ रोगन गरिएको छ । सशस्त्र प्रहरी बल आँपटारीले उक्त सडकको दायाँ वायाँका रुख र बिजुलीको पोलमा रङ रोगन गरेको हो ।

रङ रोगनका लागि आवश्यक ९ सय लिटर सेतो र रातो रङ भरतपुर महानगरपालिकाले सशस्त्र प्रहरी बल आँपटारीलाई उपलब्ध गराएको थियो । रङ खरिदका लागि ५ लाख ९९ हजार ४ सय खर्च भएको महानगरले जनाएको छ ।

भरतपुर महानगरपालिकाले दिएको रङलाई सशस्त्र प्रहरीले सामाजिक उतरदायित्व अन्तर्गत लगाएको सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख शशी पाण्डेले बताए । करिब एक महिनाभित्र यो सडकमा रङ लगाउने काम सकिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले