राज्यद्वारा बेपत्ता राजेन्द्र ढकालकी छोरीको गुनासोः हामीले न्याय कहिले पाउँछौं ?

Devghat Online

शेयर गरौ

दमौली, पुस २४

२०५५ साल पुष २४ गते तनहुँको खैरेनीटार जाम्दीबाट राज्यपक्षले पक्राउ गरि बेपत्ता बनाएका गोरखाका राजेन्द्र ढकालको अवस्था अझै अज्ञात छ । उनी वेपत्ता भएको मंगलबार २५ बर्ष पुगेको छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराका तत्कालीन प्रहरी निरीक्षक कुशबिक्रम राणाको नेतृत्वको प्रहरी टोलीले नुहाउँदै गर्दाको अवस्थामा राजेन्द्रलाई प्रकाउ गरि बेपत्ता पारेको थियो । सोही दिन राजेन्द्रसँगै प्रकाउ परेका अन्य दुई शिक्षकहरु भने केही दिनमै रिहा भए । तर गोरखा जिल्ला बार एसोसियसनका तत्कालिन अध्यक्ष समेत रहेका राजेन्द्र भने हालसम्म बेपत्ता पारिएका छन् ।

राजेन्द्रको अवस्था अझै पनि अज्ञात नै छ । यो बिचमा उनको परिवार न्याय माग्दै अधिकारकर्मी, राष्ट्रिय मानव अधिकार आयोग, राजनीतिक दलहरू देखि सर्वोच्च अदालतको ढोकासम्म पुग्यो । तर राजेन्द्र जीवित छन् कि मृत पत्ता लाग्न सकेको छैन ।

देश शान्ति प्रक्रियामा आएको पनि बर्षौ भईसक्यो् । २०६४ सालमा सर्वोच्च अदालतले राजेन्द्र ढकाल लगायतको मुद्दामा फैसला गर्दै वेत्तपा नागरिकको अवस्था सार्वजानिक गर्ने प्रक्रिया तुरुन्त टुङ्याउन आदेश दिएपनी राजेन्द्र जस्ता हजारौं वेपत्ता पारिएका नागरिकको अवस्था अझै पनि सार्वजानिक सकेको छैन । प्रस्तावित वेपत्ता छानविन आयोग संसदको समितिमै अड्किएको छ । संसदले उक्त आयोग सम्बन्धि कानुन पारित गरेर आयोग नबन्दासम्म हजारौं राजेन्द्रहरुको अवस्था सार्वजानिक हुने स्थिती पनि छैन ।

यसैविच राज्यद्वारा वेपत्ता पारिएका राजेन्द्रकी छोरी मन्जिमाले आफुहरुले कहिले न्याय पाउने हो भनेर प्रश्न गरेकी छिन् । ‘विभिन्न स्वार्थ समुहहरुको प्रयोग र बेवास्ताको कारण हामी हजारौं द्वन्द पीडित परिवार परिरह्यौ’ उनले भनेकी छन् ‘यस प्रक्रियामा भैरहेको ढिलाइले हामी चरम निराशामा छौ, हाम्रा धेरै आशाहरु निराशामा परिणत भएका छन् ।’ आफुहरुलाई कसैको सहानुभुती भन्दा पनि न्याय चाहिएको भन्दै मन्जिमाले तत्कालीन द्वन्द्वरत मुख्य पक्ष नेकपा माओवादी सरकारमा भएको यसै समयमा न्याय प्रत्याभुति हुने गरि यस प्रक्रियालाई टुङयाउन नेतृत्वदायी भुमिका खेलोस भन्ने अपेक्षा रहेको बताएकी छिन् ।

वेपत्ता ढकालका भाई रविन्द्रले तत्कालिन इन्सपेक्टर राणालाई गिरफ्तार गरी अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६४ जेठ १८ गते राणालाई पक्राउ आदेश दिएको थियो । तर पनि हालसम्म राणामाथी कुनै अनुसन्धान भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक