सत्ता पक्षीय उम्मेदबारहरुद्वारा तनहुँका मतदातासँग भेटघाट

Devghat Online

शेयर गरौ

दमौली, माघ ४

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत गन्डकी प्रदेशका सत्तापक्षका उम्मेदबारहरुले विहिबार तनहुँका मतदातालाई भेट गरेका छन् ।

नेपाली काँग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रमा सत्तापक्षका उम्मेदबारहरु किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदम परियारले राष्ट्रिय सभाको निर्वाचनमा आफुहरुलाई मतदान गर्न तनहुँका मतदाता समक्ष अनुरोध गरेका थिए ।

राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् । तनहुँमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरि २० जना तथा प्रदेश सांसदहरु ४ जना मतदाता रहेका छन् ।

सो कार्यक्रममा सत्ता गठबन्धनका दलहरुबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सांसदहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले