क्षत्री समाज देवघाटको अध्यक्षमा थापा

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २

क्षत्री समाज देवघाटको अध्यक्षमा गणेशबहादुर थापा चयन भएका छन् । समाजको बुधबार देवघाट–५ स्थित बद्रि मुक्ति टोलको महिला समुहको भवनमा भएको भेलाले थापाको अध्यक्षतामा १३ सदस्यिय क्षत्री समाज देवघाट गाउँपालिका समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सुर्य तिवारी, महिला उपाध्यक्षमा तारा पाण्डे, सचिवमा श्यामबहादुर बगाले, सहसचिव गणेश तिवारी र कोषाध्यक्षमा दिनेश काफ्ले चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा मन कुमार, निरमाया बोहोरा, मिठुमाया पौडेल, समिर ढुङ्गाना, गोपाल कुँवर, नन्दकली न्यौपाने र रामबहादुर बस्नेत रहेका छन् ।

सो भेलालाई क्षत्री समाज तनहुँका अध्यक्ष इश्वर बहादुर विष्ट र सचिव कुलबहादुर थापाले सम्बोधन गरेका थिए । उक्त कार्यक्रम देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण