मानपुर–डेढगाउँ–बुलिङटार सडक १५ दिन बन्द हुने

Devghat Online

शेयर गरौ

दमौली, फागुन २

तनहुँको मानपुर–नवलपुरको डेढगाउँ–बुलिङटार सडक १५ दिन अवरुद्ध हुने भएको छ । सडक कालोपत्रे गर्नको लागि आगामी फागुन ७ गते देखि २२ गतेसम्म बन्द हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको हुँदा सो सडक बन्द गरिने कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए ।

गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रूपमा रहेको यस आयोजनाको घिरिङ गाउँपालिकाको मानपुरबाट कालोपत्रे सुरु गरिने कार्यालयको सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिइन् ।

अस्फाल्ट प्रविधि सडक कालोपत्रे गरिने कार्यालयले जनाएको छ । सडक बन्द हुने समय अवधिभर वैकल्पिक सडक प्रयोग गर्न कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त