मानपुर–डेढगाउँ–बुलिङटार सडक १५ दिन बन्द हुने

Devghat Online

शेयर गरौ

दमौली, फागुन २

तनहुँको मानपुर–नवलपुरको डेढगाउँ–बुलिङटार सडक १५ दिन अवरुद्ध हुने भएको छ । सडक कालोपत्रे गर्नको लागि आगामी फागुन ७ गते देखि २२ गतेसम्म बन्द हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको हुँदा सो सडक बन्द गरिने कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए ।

गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रूपमा रहेको यस आयोजनाको घिरिङ गाउँपालिकाको मानपुरबाट कालोपत्रे सुरु गरिने कार्यालयको सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिइन् ।

अस्फाल्ट प्रविधि सडक कालोपत्रे गरिने कार्यालयले जनाएको छ । सडक बन्द हुने समय अवधिभर वैकल्पिक सडक प्रयोग गर्न कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण