चौथो ऋषिङ अध्यक्ष कपको उपाधी गल्कोटलाई

Devghat Online

शेयर गरौ

दमौली, फागुन १६

चौथो ऋषिङ अध्यक्ष कप २०८०, अन्तर पालिका खुला पुरूष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिताको उपाधी बाग्लुंगको गल्कोट नगरपालिकाले हात पारेको छ ।

११ टिमको सहभागिता रहेको सो खेलको फाइनल खेल गलकोट नपा र तनहुँको शुक्लागण्डकी न पा बीच भएको थियो। वेस्ट अफ फाइभमा शुक्लागण्डकी नपा लाई हराउँदै गलकोट न।पा।ले रु १,८७,००० पुरस्कार सहितको उपाधि जितेको छ।

ऋषिङ गाउँपालिका ४, थप्रेकमा सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रमको अध्यक्षता ऋषिङ २ वडा अध्यक्ष एवम खेलकुद समिति संयोजक दल बहादुर थापाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने रहनुभएको थियो । विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, निवर्तमान जी स स सदस्य निल बहादुर थापा लगाएत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले