मगर विद्यार्थी संघ आदिकविको अधिवेशन समपन्न

Devghat Online

शेयर गरौ

दमौली, फागुन १६

नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको अधिवेशन बुधबार सम्पन्न भएको छ । इकाईकी अध्यक्ष निलिमा थापाको अध्यक्षतामा सम्पन्न सो अधिवेशनले सोन आले मगरको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुष्मिता थापा मगर, सचिवमा सम्झना थापा मगर, सहसचिवमा निकिता राना मगर तथा कोषाध्यक्षमा मौसमी थापा मगर चयन भएका छन् । यसैगरि सदस्यहरुमा सोनु आले मगर, प्रिती आले मगर, दिल कुमारी थापा मगर, रामकुमारी आले मगर, बिनिता थापा मगर, बिनिता रीलामी मगर, वासना थापा मगर, माया थापा मगर, पुष्पा आले मगर, सरिता थापा मगर, मनित थापा मगर, विपिन थापा मगर, जीवन आले मगर, सरोज थापा मगर, बोल माया थापा मगर, कृष्टि थापा मगर, पूजा थापा मगर, जेसिका पुलामी मगर, लक्ष्मी थापा मगर र कृति थापा मगर चयन भएका छन् ।

सो अधिवेशनको नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश संयोजक बुद्ध गर्जा मगरले उद्घाटन गरेका थिए । कार्यक्रममा निमित्त क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, नेपाल मगर विद्यार्थी संघ तनहुँका निवर्तमान अध्यक्ष एबम् गण्डकी प्रदेशका महिला उपाध्यक्ष बिनिता थापा मगर जिल्ला समितिका उपाध्यक्ष ससित थापा मगर, सहायक क्याम्पस प्रमुख सागर पौडेल, स्ववियु सभापती गौरव पन्थ, लगायतले शुभकामना दिएका थिए ।

अधिवेसनको अवसरमा नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाई समितिले महावीर पुनको ४ थान पुस्तक आदिकवि भानुभक्त क्याम्पसलाई हस्तान्तरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

दमौली, बैशाख १ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष