घिरिङमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

समर रानाभाट, फागुन १७

घिरिङ गाउँपालिकाको सहयोग तथा घिरिङ गाउँपालिका युवा तथा खेलकुँद विकास समितिको  आयोजनामा घिरिङमा आगामी फागुन २० र २१ गते ‘सातौं अध्यक्ष कप २०८०’ वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगितामा गाउँपालिकाको पाँच वटै वडाबाट १५ टिमको सहभागी हुने आयोजकले जानकारी दिएको छ । जसमा पुरूष तर्फ एउटा वडा बाट दुई टिम र एक टिम महिला गरि तिन टिम सहभागी हुनेछ भने जनप्रतिनिधि र कर्मचारी बिच पनि मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता घिरिङ गाउँपालिकाको खेलमैदान पोखरीछापमा हुनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ७५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता टिमले नगद ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै तृतीय टिमले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

महिला तर्फ प्रतियोगिताको बिजेता टिमले नगद ४५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै तृतीय टिमले नगद २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताको बेस्ट प्लेयरले मेडल र प्रमाणपत्र प्राप्त गर्ने साथै बेस्ट सर्भर, बेस्ट ब्लकर,बेस्ट सेटर,बेस्ट स्पाइकर र बेस्ट डिफेन्डरलाई सहित मेडल र प्रमाणपत्र दिइने खेलकुद विकास समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।