घिरिङमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

समर रानाभाट, फागुन १७

घिरिङ गाउँपालिकाको सहयोग तथा घिरिङ गाउँपालिका युवा तथा खेलकुँद विकास समितिको  आयोजनामा घिरिङमा आगामी फागुन २० र २१ गते ‘सातौं अध्यक्ष कप २०८०’ वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगितामा गाउँपालिकाको पाँच वटै वडाबाट १५ टिमको सहभागी हुने आयोजकले जानकारी दिएको छ । जसमा पुरूष तर्फ एउटा वडा बाट दुई टिम र एक टिम महिला गरि तिन टिम सहभागी हुनेछ भने जनप्रतिनिधि र कर्मचारी बिच पनि मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता घिरिङ गाउँपालिकाको खेलमैदान पोखरीछापमा हुनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ७५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता टिमले नगद ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै तृतीय टिमले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

महिला तर्फ प्रतियोगिताको बिजेता टिमले नगद ४५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै तृतीय टिमले नगद २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताको बेस्ट प्लेयरले मेडल र प्रमाणपत्र प्राप्त गर्ने साथै बेस्ट सर्भर, बेस्ट ब्लकर,बेस्ट सेटर,बेस्ट स्पाइकर र बेस्ट डिफेन्डरलाई सहित मेडल र प्रमाणपत्र दिइने खेलकुद विकास समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले