सिर्जना टोलको २४ औं साधारण सभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, फागुन १९

व्यास नपा–३ स्थित सिर्जना टोल बिकास संस्थाको २४ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । २०५६ सालमा स्थापित टोलको शनिबार कार्यक्रम गरी साधारण सभा गरिएको हो ।

व्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनुप रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा, निवर्तमान अध्यक्ष प्रेम कुमार श्रेष्ठ, पूर्व टोल अध्यक्ष एवं सल्लाहकारहरु मंगलप्रसाद श्रेष्ठ, त्रिभुवन श्रेष्ठ, सल्लाहकार झलक बहादुर श्रेष्ठ, चूडामणि दाहाल, डा.सुशील प्रसाद वाग्ले, आमा समूहका अध्यक्ष सरीता श्रेष्ठ लगायतले नमूना र अनुकरणीय टोल बनाउन आ–आफ्नो ठाउँबाट सहयोग गर्ने र टोलवासी सबैलाई सहयोग गर्न अनुरोध गरे ।

टोलका उपाध्यक्ष ठाकुर प्रसाद पौडेलले भ्रमण सम्बन्धि र कोषाध्यक्ष सुक बहादुर तामाङले आर्थिक एव सामाजिक गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा टोलमा योगदान पु¥याएका पूर्व अध्यक्षहरु मंगल प्रसाद श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, त्रिभुवन श्रेष्ठ, पुष्प श्रेष्ठ, पिएचडी उपाधि प्राप्त गर्न सफल डा.सुशील प्रसाद वाग्ले, लायन्स क्लबका चुडामणी दाहाल, तउवा संघ दमौली बजार इकाई सदस्य ठाकुर प्रसाद पौडेललाई समेत सम्मान गरिएको थियो ।

टोल विकास संस्था का अध्यक्ष केशकुमारी रानाको अध्यक्षतामा भएको साधारण सभामा प्रथम उपाध्यक्ष कोपिला थापाले स्वागत गरेका थिए ।

यसैबीच सिर्जना टोल बिकास संस्थाको साधारण सभाको अवसरमा टोलका सल्लाहकार बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले आफ्ना पितामाता चिरञ्जीवी वाग्ले, हरिमाया वाग्लेको स्मृतिमा परिवारको तर्फबाट एक लाख रुपैयाँ अक्षय कोषको लागि सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका