देवघाटमा मौरी पालन तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, चैत ६

देवघाटमा आयोजित मौरी पालन तालिम सम्पन्न भएको छ । गत चैत ३ गतेदेखी आयोजित तालिमको मंगलबार समापन गरियो । ‘महिलामा लगानी सभ्य र समुन्नत थालनी’ भन्ने मूल नाराका साथ देवघाट गाँउपालिकाको आर्थिक सहयोगमा देवघाट महिला सन्जालले मौरीपालन सम्बन्धि सीपमूलक तालिम आयोजना गरेको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले तालिममा सिकेका सिपलाई व्यवहारमा उतारी आय आर्जनमा लाग्नुपर्ने बताए । देवघाट महिला सन्जालकी अध्यक्ष राधादेवी खनालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्ण बहादुर कुंवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, कार्यक्रम अधिकारी कृष्णराज पन्त लगायतले मन्तव्य राखेका थिए । सो अववसरमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

३० जनाको सहभागिता रहेको उक्त तालिममा नेपाल मौरीपालन महासंघका कोषाध्यक्ष जनकबाबु तिवारी तथा देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रमको सन्चालन देवघाट महिला सन्जालकी सचिव एलिजा अधिकारीले क्षेत्रीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय