वनलाई डढेलोबाट जोगाउन देवघाटको सामुदायिक वनको एक महिने अभियान

Devghat Online

शेयर गरौ

देवघाट, चैत ८

देवघाटको एक सामुदायिक वन समुले वनलाई डढेलोबाट जोगाउन एक महिने अभियान सन्चालन गरेको छ । देवघाट गाउँपालिका–५ स्थित गैडाढुङ्गा सामुदायिक वन समुहले डढेलोबाट वन जोगाउन एक महिने सचेतना अभियान सन्चालन गरेको हो ।

उक्त अभियानमा वनमा डढेलो लाग्न नदिने उपाय तथा डढेलो लागि हालेमा त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सचेतना दिईने वन समुहका अध्यक्ष नरबहादुर गुरुङले बताए । सो अभियानको क्रममा वन जंगलमा डढेलो लाग्ने कारण र त्यसलाई नियन्त्रण गर्ने उपायहरुको बारेमा पनि सचेत गराईने सव–डिभिजन वन कार्यालय देवघाटका फरेस्टर सागरचन्द्र ढुङ्गानाले बताए ।

उक्त एक महिने अभियानको क्रममा वन समुहका सदस्यहरुलाई विभिन्न समुहमा विभाजन गरि डढेलो नियन्त्रण गर्ने बारेमा प्रयोगात्मक सिप सिकाईने अध्यक्ष गुरुङले बताए । उक्त समुहले वन क्षेत्रका सुकेका तथा ढलेका रुख तथा हाँगा विगालाई व्यवस्थापन गर्ने तथा भुईमा झरेका सुकेका पातहरु संकलन गरि अग्निरेखा बनाउने गर्छन् । अग्नि रेखाको कारण वन क्षेत्रमा लागेको डढेलो अन्यत्र फैलन पाउँदैन ।

यसैगरि देवघाट–५ स्थित रानिवन सामुदायिक वन उपभोक्ता समूहले वन डढेलो रोकथाम तथा नियन्त्रण सप्ताह सम्पन्न गरेको छ । सव–डिभिजन वन कार्यालय देवघाटको आयोजनामा उक्त सप्ताहमा वनमा डढेलो लाग्न नदिने उपाय तथा डढेलो लागि हालेमा त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सचेतना दिईएको सव–डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले बताए । सो अभियानको क्रममा वन जंगलमा डढेलो लाग्ने कारण र त्यसलाई नियन्त्रण गर्ने उपायहरुको बारेमा पनि सचेत उपभोक्ताहरुलाई सचेत गराईएको थियो ।

सो सप्ताहव्यापी कार्यक्रमको समापन कार्यक्रममा सव–डिभिजन वन कार्यालयका प्रमुख भट्ट, वडा नम्बर ५ का वडा सदस्य याम बहादुर मगर, पूर्व वडा सदस्य टुकनाथ अधिकारी, रानीवन सामुदायिक वनका अध्यक्ष सन्त बहादुर मगर, मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी लगायतको सहभागी रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय