देवघाट गाउँपालिकाको कार्यक्रममा जानकारी नदिईएको प्रति वडा अध्यक्ष गुरुङको आपत्ति : राजनीतिक पहुँचको कारण वेवास्ता गरियो

Devghat Online

शेयर गरौ

देवघाट, चैत १०

देवघाट गाउँपालिकाद्वारा शनिबार आयोजित विषयगत शिक्षक समूह गठन कार्यक्रममा आफुलाई जानकारी नदिईएको भन्दै वडा नम्बर ४ का अध्यक्ष एवं सामाजिक विकास संयोजक मित्रलाल गुरुङले आपत्ति जनाएका छन् ।

देवघाट गाउँपालिकाको आयोजना एवं सामाजिक विकास कार्यालय तनहुँको सहयोगमा शनिबार देवघाटमा आधारभूत तह ( ६-८) र माध्यमिक तह (९-१२) का नेपाली, अंग्रेजी, गणित, सामाजिक र विज्ञान बिषयमा बिषयगत शिक्षक समूह गठन कार्यक्रम आयोजना गरिएको थियो ।

आफू गाउँपालिकाको सामाजिक विकास समितिको संयोजक भएपनि उक्त कार्यक्रममा राजनीतिक पहुँचको कारण आफुलाई नबोलाईएको वडा अध्यक्ष गुरुङले आरोप लगाएका छन् ।

वडा अध्यक्ष गुरुङले भनेका छन् ‘मलाई कुनै जानकारी छैन । म नाम को मात्र (थपानाको ) मात्र सामाजिक विकासको संयोजक रहेछु । राजनीतिक पावर र पहुँचको आधारमा बेवास्ता गरेकोमा देवघाट गाउँपालिका र सामाजिक विकास कार्यालय तनहूँलाई मुरी मुरी धन्यवाद भन्न मन लाग्यो ।’

सो कार्यक्रममा अंग्रेजी बिषयको संयोजकमा देउराम सारू, विज्ञान बिषयको संयोजकमा हरिविलास पौडेल, गणित बिषयको संयोजकमा टिकारम रेग्मी, सामाजिक बिषयको संयोजकमा वैकुण्ठ भट्टराई, नेपाली बिषयको संयोजकमा ऋषिप्रसाद घिमिरेलाई संयोजक चयन गरिएको थियो ।

 

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्ण बहादुर कुँवर, गाउँपालिकाका शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुभद्रा भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो