एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन सुरु, महासचिव पोख्रेलद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

पोखरा, चैत १०

नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवशेन शनिबारदेखी पोखरामा सुरु भएको छ । अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरे ।

अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालको विवादको विषयमा आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनाएको बताएका छन् ।

महासचिव पोखरेलले भने, ‘पुरानो गठबन्धनको आधारमा मुलुकलाई अगाडि बढाउन खोज्ने हो भने भविष्य फस्नेछ भन्ने मान्यताको आधारमा गठबन्धन भत्काउन तयार हुने हो भने हामी सहकार्य गर्न तयार छौं । हामीले कांग्रेसका नेताहरुलाई पनि भनेका थियौं–तपाईंहरु तयार हुनुस्, हामी साथ दिन तयार छौं । हामीले माओवादीलाई पनि भनेका थियौं । कांग्रेस तयार भएन । माओवादी भयो । हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं । तर, उहाँ पुरानै गठबन्धनमा फर्किनुभएको थियो । हामी सरकारबाट बाहिरिएर तपाईंले गलत गर्नुभयो भनेर त्यसै बेला भनेका थियौं ।’
महासचिव पोख्रेलले अहिले एउटा विन्दुमा आइपुग्दा प्रचण्डले फेरि महसुस गरेपछि सहकार्य सुरु भएको बताए ।

पोखरेलले भने, ‘देशभक्तिपूर्ण आन्दोलनको यात्राबाट मैले आफूलाई अलग गर्न सक्दिनँ भन्ने लागेर सुशासन र विकासका प्रश्नमा आफू नेतृत्वको टीम सहयोगी बन्न नसक्ने निष्कर्षमा प्रचण्ड पुग्नुभयो । उहाँले नेकपाकालको विवादको विषयमा पनि आत्मलोचना गरेपछि हामीले पुरानो गठबन्धन भत्काएर नयाँ समीकरणको सरकार बनाएका छौं । यो कुनै वामपन्थी गठबन्धन होइन ।’

उनले अहिले फेरि माओवादीसँग सुरु भएको सहकार्यले मिसन २०८४ लाई सफल बनाउन मद्दत पुग्ने बताए । एमाले समाजवादी मोर्चामा जाने पक्षमा नरहेको पनि महासचिव पोखरेलले प्रष्ट पारे ।

एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन कार्यक्रममा एमाले सचिव तथा गन्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, अर्का सचिव पद्मा अर्याल, स्थायी समिति सदस्य खगराज अधिकारी, गन्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा लगायतले मन्तव्य राखेका थिए । अधिवशेनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको