दमौली खानेपानीको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित

Devghat Online

शेयर गरौ

दमौली, चैत १०

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा श्रेष्ठ १०५ मत पाई बिजयी भएका हुन् ।

निर्वाचनमा अध्यक्षपदका अन्य उम्मेदवारहरु माधवप्रसाद अधिकारीले ७४, राजकुमार श्रेष्ठले ३४ र टुकबहादुर हमालले २३ मत प्राप्त गरेका थिए ।

त्यसैगरि उपाध्यक्षमा विश्वेवर सुवेदी र सचिवमा योगिता कायस्थ श्रेष्ठ सर्वसम्मत निर्वाचित भए भने कोषाध्यक्षमा चिरौंकाजी बतास १३७ मत पाई बिजयी भए ।

कोषाध्यक्ष पदका उम्मेदवार दिर्घबहादुर थापाले ७९ मत पाएका थिए । समितिको सदस्यमा पनि निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक