आज विश्व क्षयरोग दिवस, बन्दिपुरमा मनाईयो क्षयरोग दिवस

Devghat Online

शेयर गरौ

दमौली, चैत ११

आज विश्व क्षयरोग दिवस । विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने निर्णय अनुसार आज यो दिवस मनाईएको हो ।

नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । क्षयरोगी मध्ये बर्सेनि ५ देखि ७ हजार जनाको मृत्यु हुने तथ्यांक छ ।

यसैविच विश्व क्षयरोग दिवस आज बन्दिपुरमा मनाईयो । ‘हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने मुल नाराका साथ बन्दिपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले क्षयरोग नियन्त्रणका लागि नियमीत अौषधि सेवनलाई निरन्तरता दिनुपर्ने बताए ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रेशम गुरुङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी, बन्दिपुर अस्पतालका स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक